
९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेको विरोधमा कानूनका विद्यार्थीको एक समूहले सर्वोच्च अदालत बाहिर प्रदर्शन गरेका छन् ।
सर्वोच्चका न्यायाधीशहरुले सोमबारदेखि इजलास बहिष्कार गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गरेका छन् ।
प्रदर्शनकारीले इजलास बहिष्कार गर्ने अधिकार न्यायाधीशलाई कसले दियो भन्ने प्रश्न गरेका छन् ।
उनीहरुले अदालतको विषयमा मिडिया ट्रायल भएको पनि बताएका छन् । अदालत बाहिर प्रदर्शनमा उत्रिएका ६/७ जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4