+
+

‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते ११:१४

 

हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ । यसअघि नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको टेलिसिरियल आउँदो आईतबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन लागेको टेलिसिरियलका लेखक, निर्देशक एवं कलाकारसमेत रहेका मरिचमान श्रेष्ठले जानकारी दिए ।

अबदेखि हरेक आईतबार राती ८ बजेपछि टेलिसिरियल हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । मरिचमान श्रेष्ठ र राजु पौडेलको लेखन, निर्देशन रहँदै आएको ‘हल्का रमाईलो’ लोकप्रिय हास्य टेलिसिरियल मानिन्छ । टेलिसिरियलमा मरिचमान श्रेष्ठ, राजु पौडेल, सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्वल खड्का, सविना आचार्य, सविना गिरी लगायतको अभिनय रहँदै आएको छ ।

यस टेलिसिरियलको १०२ भाग प्रशारणमा आईसकेको छ । मरिचमान र राजुको लेखक, निर्देशन एवं अभिनय समेत रहँदै आएको अर्को टेलिसिरियल ‘जुठे’ पनि हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?