+
+

पहिरोमा ज्यान गुमाएका परिवारलाई दुई लाख राहत हस्तान्तरण

रासस रासस
२०७८ कात्तिक १० गते १२:४१
कालिकोटको रास्कोट नगरपालिका-४ स्थित लडेखोलामा पहिलो जाँदा ढलेको रुखले लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका-७ का २३ वर्षीय सुरेन्द्र धमलाका बुबा अमनाथलाई राहतस्वरुप दुई लाख हस्तान्तरण गर्दै।

१० कात्तिक, कालिकोट । कालिकोटमा वर्षाका कारणले पहिरामा परी ज्यान गुमाएका परिवारलाई रु.दुई लाख राहत हस्तारन्तरण गरिएको छ । गत असोज ५ गते परेको अविरल वर्षाका कारण पहिरासहित रुख आएर ज्यान गुमाएका परिवारलाई राहत वितरण गरिएको हो ।

रास्कोट नगरपालिका-४ मा पर्ने लडेखोलामा वर्षाले ढालेको रुख लागेर मृत्यु भएका सान्नी त्रिवेणी गाउँपालिका-७ का २३ वर्षीय सुरेन्द्र धमलाले ज्यान गुमाएका थिए । जिल्ला विपत् व्यवस्थापन समितिले मृतक सुरेन्द्रका बुबा अमनाथलाई रु दुई लाख रकम हस्तान्तरण गरेको हो ।

सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपत् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निणर्य गरेको र सोही रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए । ‘अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहत उपलब्ध गराइनेछ’, उनले भने, ‘पीडितलाई राहत उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ।’

गत असोज ५ गते बिहान स्युना गाउँ जाने क्रममा माथिबाट पहिरासँगै खसेको रुखले लागेर सुरेन्द्र गम्भीर घाइते भएका थिए । घाइते सुरेन्द्रको रास्कोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो।

जिल्लामा बाढी पहिराका कारणले यसै महिना एक जनाको मृत्यु भएको र राहतका लागि पहल थालिएको प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment