+
+

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : गोपाल पराजुली

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १३:५४

१० कात्तिक, काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीश जबराले आफूमाथि अवाञ्छित लाञ्छना लागेमा इजलासबाट पन्छिएर राजीनामा दिनुपर्ने बताएका छन् ।

बुधवार न्यूज एजेन्सीसँग पूर्व प्रधानन्यायाधीश पराजुलीले न्याय र न्यायालयको सम्बन्धलाई अटुट बनाउन प्रधानन्यायाधीशले निकास दिन जरुरी (राजीनामा) रहेको बताएका हुन् ।

उनले अहिले प्रधानन्यायाधीशले गरिरहेको क्रियाकलाप जायज हो वा होइन भन्ने कुरा राजनीतिक पार्टीले बुझ्न आवश्यक रहेको बताए । उनले प्रधानन्यायाधीशको कुराहरु निष्पक्ष छ वा छैन भन्ने कुरा जाँच गरेर हेर्नुपर्ने बताए ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त  लोकमान सिंह कार्कीलाई हटाएका कुराहरु कानूनसम्मत नभएको र ती न्यायाधीशहरुले कानूनसम्मत काम नगरेको बताउँदै उनले प्रधानन्यायाधीशले संविधान र कानूनमाथि ज्यादती गर्न नपाइने बताए ।

‘हुल र गुटले हुँदैन, विधिसम्मत चल्नुपर्छ, न्यायसम्मत चल्नुपर्छ, अहिले राजनीतिक पार्टीले बुझ्नुपर्ने के हो भने यो पात्रले गरिरहेको कुरा जायज हो कि होइन भन्ने कुरा हेर्नुपर्छ, कसैले म पीडित हुन्छु भनेर, केपी अथवा गठबन्धन सरकारले भन्ने कुरा हो ?’ उनले भने, ‘जबर्जस्ती कसैले पनि हटाएर प्रधानन्यायाधीश हट्न सक्दैन, तर प्रधानन्यायाधीशले संविधान, कानूनमाथि ज्यादती गर्न पाइँदैन, प्रधानन्यायाधीश आफ्नो आचारसंहिता भित्र बस्नुपर्छ,प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य मान्यता, नैतिकताका बारेमा सोच्नुपर्छ,त्यसको रिप्लेक्शन देखिनुपर्छ ।’

पूर्व प्रधानन्यायाधीश पराजुलीले प्रधानन्यायाधीशले स्वतन्त्र न्यायालयका मूल्य र मान्यता र नैतिकताका बारेमा सोच्नुपर्ने तर्क गरे । रावणको अहंकारका कारण रामायणको युद्ध भएको प्रशंग निकाल्दै उनले पदमा भएको व्यक्ति क्षमाशील हुनुपर्ने र सुझबुझपूर्ण ढंगले अघि बढ्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?