+
+

नेपाल बारले भन्यो : केही दिन सुनुवाइ स्थगित हुनसक्छ, धैर्यधारण गरौं

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १७:४६

१० कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले न्यायालयमा पछिल्ला दिनमा उत्पन्न परिस्थितिका कारण केही दिन मुद्दा सुनुवाइ प्रभावित हुने भन्दै सर्वसाधारणलाई धैर्यधारण गर्न आग्रह गरेको छ ।

न्यायालयमा सुधार कार्य थालनी गर्न प्रधानन्यायाधीशको राजीनामा मागेको भन्दै बारले यसका लागि बार एशोसिएसन, न्याय तथा कानुनी क्षेत्रका व्यक्ति र सेवाग्राहीलगायत आम नागरिकको सहयोग चाहिने बताएको छ ।

‘न्यायपालिकाको समग्र सुधारका अभियान सुरु गर्दा केही दिन पेशी सुनुवाइ स्थगित हुन सक्ने अवस्था देखिएको छ । अनपेक्षित तथा अनिवार्य परिस्थिति सिर्जना भएकाले न्यायका उपभोक्ता तथा समस्त सेवाग्राहीमा पर्न जाने असुविधाका लागि क्षमाप्रार्थी छौं’ महासचिव लीलामणि पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बारले केही दिन धैर्यधारण गरी न्यायिक सुधारको कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मन्त्रिपरिषदमा र संवैधानिक नियुक्तिमा भागवण्डा लिएको, न्यायपालिकामा विकृति विसंगति बढ्दै गएको, न्याय क्षेत्रको नेतृत्व गर्न नसकेको भन्दै बारले उनको राजीनामा माग गरेको छ ।

राजीनामा नदिए देशब्यापी आन्दोलन गर्ने भन्दै बारले अदालतमा बहस बन्द गरेको छ । सर्वोच्चका न्यायाधीशहरुले पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै मुद्दा सुनुवाइ गर्न छाडेका छन् ।

हेर्नुहोस् नेपाल बार एशोसिएसनको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?