+
+
Shares

इनमसँग जोडिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारले बनायो समिति

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते २०:२३

१६ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनले इनम सापकोटाको ह्वाट्सएप म्यासेज प्रकरणमा नाम मुछिएका न्यायाधीशहरूबारे तथ्य संकलन गरी प्रतिवेदन तयार गर्न समिति गठन गरेको छ ।

एशोसियसनले पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा छ सदस्यिय समिति गठन गरेको हो ।

समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो, चन्द्रप्रसाद काफ्ले र अधिवक्ता बाबुराम अर्याल छन् ।

बार सदस्य अर्याललाई सदस्य सचिवको जिम्मेवारी पनि दिइएको छ ।

एक महिनाको समयसीमा पाएको समितिले २५ मंसिरमा धनगढीमा केन्द्रीय कार्यकारिणी परिषदको बैठक हुनुअघि प्रतिवेदन बुझाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?