+
+

रेसुङ्गामा सामुदायिक विपद् प्रतिकार्य तालिम सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १७:५२

१० कात्तिक, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा सामुदायिक विपद् प्रतिकार्य सम्बन्धी तालिम शुरु भएको छ । रेसुङ्गा नगरपालिकाको आयोजना र संग्राम शार्दुल गुल्म धागिथुम गुल्मीको सहआयोजनामा समुदाय स्तरमा विपद् प्रतिकार्य सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले तीनदिने तालिम शुरु भएको हो ।

नगरप्रहरी र स्थानीयलाई सम्भावित विपद् जोखिमका बारेमा सचेतना अभिवृद्धि गर्न तालिम सञ्चालन गरिएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । तालिमको नगर प्रमुख डिल्लीराज भुसालले बुधबार शुभारम्भ गरे ।

नगर प्रमुख भुसालले विपद् जतिबेला पनि हुने भएकाले क्षति कम गर्न तालिमको आयोजना गरिएको बताए । उनले तालिम लिने र त्यसलाई व्यवहारमा उतार्न सके विपद् न्यूनीकरण गर्न सकिने बताए ।

तालिममा सहआयोजक संग्राम शार्दुल गुल्म धागिथुमबाट खटिएका तालिमप्राप्त नेपाली सेना प्रशिक्षकहरुले सेनाबाट सामुदायिक विपद् प्रतिकार्य तालिम प्रदान गर्नेछन् । तालिममा विपद्, उद्धार, विपद्मा प्राथामिक उपचार, बाढीपहिरो, आगो, डढेलो नियन्त्रण भूकम्प लगायतका बारेमा जानकारी गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?