+
+

स्वावलम्बन लघुवित्तका कर्मचारीहरु ८० दिनदेखि आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १० गते १८:२४

१० कात्तिक, काठमाडौं । सेवा सुविधाको माग गर्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् ।

स्वावलम्बन लघुवित्त संस्था व्‍यवस्थापनले विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्‍दै स्वावलम्बन बैंक कर्मचारी संगठन आन्दोलनमा उत्रिएको हो ।

संगठनले श्रम सम्बन्धी कानूनले दिएको अधिकार प्रयोग गर्न बन्‍देज लगाउन नहुने, ट्रेड युनियन सञ्‍चालन र त्यसको प्रशासनिक कार्यमा हस्तक्षेप गर्न नपाइने, विगतमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने, सरकारले तोकेको न्‍यूनतम पारिश्रमिक दिनुपर्ने लगायतका माग राख्दै विगत ८० दिनदेखि कमलपोखरीस्थित बैंकको केन्द्रीय कार्यालयमा धर्ना दिंदै आएको कर्मचारी संगठनका अध्‍यक्ष दीपक चौधरीले बताए ।

उनले भने, ‘हामीले पटक-पटक सरकारले तोकेको न्‍यूनतम पारिश्रमिक माग गर्‍यौं, ट्रेड युनियन सञ्‍चालन गर्न खौज्‍यौं। संस्थाले त्यसमाथि हस्तक्षेप गर्‍यो र कर्मचारीहरुलाई अतिरिक्त खटाउन थाल्‍यो। कर्मचारीको तलबमा विभेद गर्न थाल्‍यो। त्‍यसपछि हामी विगत ८० दिनेदेखि धर्ना र आन्दोलनमा छौं।’

उनले कोरोना संक्रमित संस्थाका २५० जना कर्मचारीहरुले उपचार गर्दा लागेको खर्च माग गर्दा बीमा कम्पनीले नदिएको बहाना गर्दै कम्पनीको तर्फबाट कुनै सुविधा पनि नदिएको बताए ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?