+
+

भिडियोमा नाफा आएपछि मात्र पारिश्रमिक डिमाण्ड गर्ने हो : आर्यन सिग्देल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते ११:२०

विगत २ बर्षदेखि नेपाली चलचित्र ठप्प रहँदा अधिकांश चलचित्रका कलाकार म्युजिक भिडियोमा व्यस्त छन् । यसमध्ये केही कलाकारको माग भिडियो बजारमा चुलिएको छ भने केही कलाकारले भिडियोमा मन बनाएका छैनन् । तर, चलचित्रमा अभिनय गरेकै कारणले केही कलाकारले भिडियोमा महंगो पारिश्रमिक माग्ने गरेका छन् । पछिल्लो समय अधिकांश महंगा कलाकारले अभिनय गरेका म्युजिक भिडियोको भ्युज दयनिय नै देखिन्छ ।

बजारमा भिडियोबाट निर्माताले नकमाएपनि मोडलहरुले भने राम्रो रकम कमाएका छन् । तर, नायक आर्यन सिग्देल भने बजारमा नाफा भएपछि मात्र पारिश्रमिक माग गर्नुपर्ने तर्क गर्छन् । आर्यन भन्छन्–‘म भिडियोमा पनि निक्कै रमाउँछु । अहिले त मनोरञ्जन दुनियाँलाई अगाडि बढाएको नै भिडियोले हो । तर, भिडियोमा महंगो पारिश्रमिक माग गरेर मात्र हुँदैन । पहिले बजारले नाफा दिएपछि मात्र माग गर्नु उचित हुन्छ । निर्मातालाई मात्र दबाब दिएर हुँदैन ।’

आर्यनले, आफूले धेरै चलचित्रमा पनि शेयरमा काम गरेको बताए । भने–‘मैले पछिल्ला केही बर्ष यो कुराको अभ्यास गरेको थिएँ । पहिले चलचित्रबाट नाफा हुनुपर्छ अनी मात्र हामीले माग गर्ने हो । निर्माता डुबिरहने, अनी हामीले मात्र महंगो रकम मागेर हुँदैन ।’

आर्यनले अर्को एक प्रसंगमा आफूले अहिलेसम्म चलचित्र वा भिडियोका लागि नायिका नछानेको बताए । भने–‘मैले आजसम्म नायिका छानेको छैन । यो मेरो सरोकारको बिषय नै होइन । मैले यो बिषयमा निर्माता वा निर्देशकलाई दबाब दिएर हुँदैन । किनकी, हरेक कलाकार सुरुवातमा त नयाँ नै हुन्छ । म पनि नयाँ नै थिएँ ।’

आर्यनले आफूलाई भिडियोमा रोमान्टिक वा भावुक गीतमा नै काम गर्न मन लाग्ने सुनाए । तर, यही नै हुनुपर्छ भनेर आफूले कहिल्यै भने दायारा नतोकेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?