+
+

जलवायु परिवर्तनबारे ढाँटेको विषयमा अमेरिकी कंग्रेसले तेल कम्पनीसँग बयान लिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १७:३२

११ कात्तिक, काठमाडौं । अमेरिकी कंग्रेसले प्रमुख तेल कम्पनीसँग बयान लिने भएको छ । जलवायु परिवर्तनबारे सर्वसाधारणलाई गलत सूचना दिएको भन्दै कंग्रेस तेल कम्पनीसँग बयान लिन लागिएको हो ।

प्रमुख तेल कम्पनीका वरिष्ठ अधिकारीसँग अमेरिकी कंग्रेसले बयान लिने तयारी गरेको बीबीसीले जनाएको छ । जलवायु परिवर्तनबारे मानिसलाई गलत सूचना दिएको विषयमा तेल कम्पनीका वरिष्ठ अधिकारीसँग बयान लिने डेमोक्र्याट सांसदले बताएका छन् ।

एक्सोन, सेभरोन, बिपी अमेरिका कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित शेलका अध्यक्ष र अमेरिकन पेट्रोलियम इन्स्टिच्युट तथा यूएस च्याम्बर अफ कमर्सका प्रमुखसँग बयान लिने समाचारमा उल्लेख छ ।

बयानका क्रममा तेल कम्पनीले जलवायु परिवर्तन हुनुमा आफ्ना उत्पादनले खेलेको प्रमुख भूमिकालाई दशकौंदेखि अस्वीकार गरेको विषयमाथि जोड दिइने सांसदको भनाइ छ ।

बिहीबार हाउस अफ रिप्रेजेन्टेटिभको निरीक्षण समितिले लिने बयानमा जलवायु परिवर्तन सम्बोधनका लागि आफूहरुले पछिल्लो समय चालेका कदमबारे विशेष कुरा हुने आशा गरेको तेल कम्पनीले बताएका छन् ।

वातावरणसम्बन्धी कंग्रेसको उपसमितिका अध्यक्ष तथा डेमोक्र्याट प्रतिनिधि रो खन्नाले तेल कम्पनीले अमेरिकी जनतासँग गरेको कुरा स्वीकार्नुपर्ने बताए । ‘उनीहरुले अमेरिकी जनतासँग गरेको कुरा स्वीकार्नु पर्छ भन्ने हाम्रो धारणा हो’, खन्नाले भने ।

कंग्रेसले राष्ट्रसंघको कोप-२६ सम्मेलन शुरु हुनुपूर्व बयान लिन लागेको हो ।  यही अक्टोबर ३१ देखि ग्लास्गोमा शुरु हुने उक्त सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?