+
+

बिष्णुको देउसी भैलो गीतमा राजु-बद्रीदेखि शर्मीला-देवीसम्मको स्वर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १७:४४

 

सर्जक एवं गायक विष्णु खत्रीले देउसी भैलो गीत सार्वजनिक गरेका छन् । उनले बिहीबार ‘शङ्कर ध्वनि देउसी भैलो’ बोलको गीत सार्वजनिक गरेका हुन् । गीतमा उनीसँगै लोकदोहोरी क्षेत्रका ८ जना गायक-गायिकाहरुले स्वर दिएका छन् । विष्णुसँगै राजु परियार, बद्री पंगेनी, बिमलराज क्षेत्री, शर्मीला गुरुङ, टीका पुन, देवी घर्ती, जुना श्रीसको स्वर गीतमा सुन्न सकिन्छ ।

विष्णुकै शब्द/रचना रहेको गीतलाई कृष्ण बिकेले एरेन्ज गरेका हुन् । भिडियोमा गायक-गायिकाहरु स्वयंम देखिएका छन् । उनीहरुका साथमा रामजी खाँण, करिष्मा ढकाल र लोमश शर्माको अभिनय भिडियोमा हेर्न सकिन्छ । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशनमा तयार भिडियोलाई करन चैसिरले छायाँकन, दिपक विष्टले सम्पादन गरेका हुन् ।

लोकदोहोरी क्षेत्रमा लामो समयदेखि सक्रिय बिष्णु, राजु, बिमलराज, बद्रीले पहिलोपटक एकसाथ एउटै गीतमा सहकार्य गरेका हुन् । सर्जक एवं गायक बिष्णुले समकालिन कलाकारहरुसँग सहकार्य गर्ने पहिल्यैदेखिको सोँचलाई सार्थकता तुल्याएको बताए । उनले ‘शङ्कर ध्वनि देउसी भैलो’मा बास्तविक देउसी भैलोलाई देखाउने प्रयास गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?