+
+

राप्रपाको महाधिवेशन मंसिर दोस्रो साता सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १८:४२

१० कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आगामी मंसिर दोस्रो साता हुने भएको छ । पार्टीको केन्द्रीय विशेष समितिको बैठकले मंसिर ११, १२ र १३ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि कात्तिक २७ देखि ३० गतेसम्मलाई महाधिवेशनको मिति तोकिएको थियो ।

यसैगरी सक्रिय सदस्य बनाउने म्याद कात्तिक १५ गतेसम्म लम्ब्याइएको छ भने दाबी विरोध लगायतका प्रक्रिया पूरा गरेर अन्तिम नामावली ३० कात्तिकमा सार्वजनिक हुनेछ ।

सक्रिय सदस्यहरुले मंसिर १, २ र ३ गते महाधिवेशन प्रतिनिधि चयन गर्नेछन् । बैठकले महाधिवेशनको तयारीका लागि समितिहरु पनि बनाएको राप्रपाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment