+
+

नक्कली नोट छापेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ११ गते १९:०६

११ कात्तिक, जनकपुरधाम । महोत्तरीमा नेपाली तथा भारतीय रुपैयाँको नक्कली नोट छापेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौशाला नगरपालिका-९ डुमरवाना घर भइ सोही नगरपालिकाको वडा-५ गौशाला बजारस्थित महावीर दासको घरमा कोठा लिएर बस्दै आएका ४४ बर्षीय सुकन महतो छन् ।

महतोलाई नक्कली बनाउन प्रयोग हुने उपकरणसहित विभिन्न दरका नेपाली र भारतीय नोट छापेको विशेष सूचनाको आधारमा पक्राउ गरिएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी प्रकाश विष्टले बताए ।

उनको साथबाट तयारी तथा कटिङ नगरेको नक्कली विभिन्न दरको ८ लाख ८२ हजार ४ सय २० नेपाली नोट र विभिन्न दरको कटिङ गरिएको नक्कली २ लाख ७७ हजार ९ सय ७० भारतीय रुपैयाँ महतोको साथबाट बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै उनको साथबाट विभिन्न दरको नेपाली सक्कली नोट ५ हजार ७०, भारु २६ समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रिन्टरमा छाप्दै, स्टाम्प हान्दै

महतोले प्रिन्टरमा रुपैयाँको नक्कली नोट छाप्दै स्टाम्प हान्दै गरेको पाइएको छ । ‘एक थान प्रिन्टर राखेर नक्कली नोट छाप्दै आएका महतोले नेपाली नोटमा प्रयोग भएको लालीगुराँसको छाप र भारु नेटमा प्रयोग हुने महात्मा गान्धी भएको फलामको ढ्याक समेत बनाएको देखियो’ प्रहरी प्रवक्ता विष्टले भने, ‘यसबाहेक काठको ट्रेस फर्मा २ थान, रबर स्टाम्प १ थान र कैंची समेत बरामद गरिएको छ ।’

पक्राउ परेका उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?