+
+

घुम्नैपर्ने विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते ९:१३

१२ कात्तिक, काठमाडौं । सन् २०२२ मा घुम्नैपर्ने १० उत्कृष्ट मुलुकको सूचीमा नेपाल पनि परेको छ । विश्वका पर्यटकीय गन्तव्यबारे जानकारी दिने ट्राभल गाइडबुक लोन्ली प्लानेटले उत्कृष्ट गन्तव्यहरुको सूचीमा नेपाललाई आठौं नम्बरमा राखेको छ ।

सूचीको पहिलो नम्बरमा कुक आइल्याण्ड छ । दोस्रोमा नर्वे, तेस्रोमा मोरिसस, चौथोमा बेलिज, पाँचौंमा स्लोभानिया, छैटौंमा एंगुइला, सातौंमा ओमान, आठौंमा नेपाल, नवौंमा मलावी र दसौंमा इजिप्ट विश्वको उत्कृष्ट गन्त्वयको सूचीमा छन् ।

कोरोना महामारीका कारण नेपालको पर्यटन व्यवसाय संकटमा परेको बेला लोन्ली प्लानेटको सूचीमा नेपाल उत्कृष्ट १० भित्र पर्नुलाई व्यवसायीले सुखद मानेका छन् । यसबाट नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायी एवम् टानका पूर्वमहासचिव मोहन लम्साल बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?