+
+

जहाँ बिहेका जन्ती र पाहुना पनि भाडामा पाइन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १०:१२
Photo Credit : Pixabay

काठमाडौं । अहिलेको व्यवसायिक संसारमा भाडामा नपाइने चिज के पो छ र ? विभिन्न कामका लागि चाहिने औजार, उपकरणहरु भाडामा पाइनु त सामान्य नै हो, तर अहिलेको मानिस समेत भाडामा पाउन थालिएको छ । मानिस पनि विशेष मानिस ।

हो, संसारमा एउटा यस्तो देश छ, जहाँ बिहेमा जन्ती तथा पाहुनाहरु पनि भाडामै पाउन सकिन्छ । भाडामा जन्ती तथा पाहुना उपलब्ध गराउनका लागि दक्षिण कोरियामा विभिन्न एजेन्सीहरु नै खुलेका छन् ।

वास्तवमा दक्षिण कोरियामा बिहेको समारोहमा धेरै भन्दा धेरै पाहुना बोलाउनुलाई प्रतिष्ठाको विषय हुने गरेको छ । बिहेमा जतिधेरै पाहुना आए उति नै इज्जत रहन्छ त्यहाँ । त्यसैले समाजमा आफ्ना धाक देखाउनकै लागि वा इज्जत जोगाउनकै लागि भएप्नि मानिसहरु उल्लेखित एजेन्सीहरुबाट भाडामा पाहुना बोलाउने गर्दछन् ।

बिहेमा पाहुना तथा जन्ती भएर जाने भाडाका मानिसहरुलाई एजेन्सीहरुले विशेष तालीम दिएका हुन्छन् । उनीहरु बिहेमा गएपछि यस्तो व्यवहार देखाउँदछन् कि अन्य पाहुनाहरुले उनीहरुलाई परिवारको आफन्त ठान्दछन् ।

दक्षिण कोरियामा भाडामा पाहुना उपलब्ध गराउने सबैभन्द चर्चित एजेन्सीको नाम ह्यागेक फ्रेन्ड्स हो ।

एजेन्सीका अनुसार कोरोना महामारीका कारण बिहेमा पाहुनाहरु सामेल हुने क्रम ९९ प्रतिशतले घटाइएको थियो । अहिले महामारी मथ्थर भएसँगै बिहेमा उपस्थित हुन पाउने पाहुनाको संख्या २ सय ५० कायम गरिएको छ । यस्तोमा पनि बिहे समारोहमा २० देखि २५ जना भाडाका पाहुनाहरु बोलाउने गरिन्छ । त्यसरी भाडामा आएका पाहुनाहरुको ज्याला प्रति पाहुना २० डलर हुने गरेको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?