+
+

ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १०:२३

१२ कात्तिक, काठमाडौं । धादिङको धुनिबेशी नगरपालिका ९ सुरुङमार्गमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट सुरुङमार्गमा काम गर्ने धादिङकै धुनिबेशी नगरपालिका–९ कानकोटका २९ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा मृत्यु भएको हो ।

सुरुङमार्गमा बिहीबार बेलुकी सवा ८ बजे भारतीय नम्बरको ड्रम ट्रकले उनलाई ठक्कर दिएको थियो ।

ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?