+
+

प्रधानमन्त्रीको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री खाँणले सम्हाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते ११:०२

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थितिमा दैनिक प्रशासनिक काम गृहमन्त्री बालकृष्ण खाँणले सम्हाल्ने भएका छन् ।

प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा सहभागी हुन बेलायत प्रस्थान गरेकाले उनको अनुपस्थितिमा गृहमन्त्री खाँणले दैनिक प्रशासनिक काम सम्हाल्ने भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको बरिष्ठतम सदस्य खाँणले प्रधानमन्त्रीको अनुपस्थितिमा गर्नुपर्ने कामकाज सम्हाल्ने गरी तोकेकी हुन् ।

प्रधानमन्त्री देउवा कात्तिक १८ गते स्वदेश फर्किंनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?