+
+

वीरगञ्जमा लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गरिँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १२ गते १४:२९

१२ कात्तिक, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि ‘एयर स्प्रे’ गर्ने भएको छ । जाडो मौसम शुरु हुन लागेकाले लामखुट्टे नियन्त्रणका लागि महानगरले ‘एयर स्प्रे’ गर्न लागेको हो ।

महानगरको सरसफाइ व्यवस्थापन शाखा प्रमुख अधिकृत सर्फुदिन मियाँले कात्तिक १४ गतेदेखि ऐयर स्प्रे गर्ने तालिका सार्वजनिक गरेका छन् । साँझ ५ बजेदेखि एयर स्प्रे गर्ने महानगरपालिकाले जनाएको छ । डिजलमा मालाथिन मिसाएर स्प्रे गर्ने गरिएको छ ।

पहिलो दिन वडा नम्बर १, २ र ३ मा स्प्रे गर्ने कार्यक्रम छ भने अभियान मंसिर १० गतेसम्म चल्ने छ ।

चिसो र गर्मी मौसम शुरु हुँदै गर्र्दा वीरगञ्जमा लामखुट्टेको अत्याधिक प्रकोप देखिन्छ । लामखुट्टे हुर्कन नदिन र हुर्किसकेकोलाई नियन्त्रण गर्न वीरगञ्ज महानगरपालिकाले वर्षमा दुईपटक औषधि छर्ने गरेको छ ।

लामखुट्टेको टोकाइबाट फैलिन सक्ने डेंगु, मलेरियाजस्ता प्राणघातक रोगको संक्रमण फैलन नदिन महानगरका ३२ वटै वडामा ‘एयर स्प्रे’ गर्न लागिएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?