+
+

२७ दिनपछि जेलबाट छुटेर घर पुगे आर्यन

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १३ गते १३:४४

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान २७ दिनपछि आफ्नो घर ‘मन्नत’ फर्किएका छन् । आर्यनलाई एनसीबीले अक्टुबर २ तारिखमा पक्राउ गरेको थियो । मुम्बई क्रुज पार्टीमा सहभागी हुन जाँदै गर्दा आर्यनलाई एनसीबीका कर्मचारीले पक्राउ गरेका थिए ।

आर्यन ११ बजे आर्थर रोड जेलबाट बाहिर निस्किएका थिए । आर्यनलाई लिन साहरुखका बडिगार्ड रवि आर्थर रोड जेल भित्र पुगेका थिए । साहरुख खान भने छोराको पर्खाइमा जेल बाहिरको सडकमा कार भित्रै बसेका थिए । आर्यन जेलको मुख्य गेटबाट निस्किएर सिधै कारमा चढे र घर फर्किए ।

उनलाई मन्नत अगाडि सयौं फ्यानहरुले भव्य स्वागत पनि गरेका थिए । फ्यानहरुले आतिशबाजी गर्दै उनकोे स्वागत गरेको थिए । फ्यान र मिडियाको भिडलाई नियन्त्रण गर्न प्रहरी र साहरुखका वडिगार्डलाई पनि हम्मे हम्मे परेको थियो ।
आर्यनलाई मुम्बईको उच्च न्यायलयले बिहिबार जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतले आर्यनलाई विभिन्न शर्तमा रिहा गरेको हो । जसमा उनले १ लाख रुपैयाँ मुचुल्का भर्नु परेको थियोे । आर्यनको मुचुल्का नायिका जुही चावलाले भरेकी थिइ । यस्तै, आर्यनलाई फेरि ड्रग्सकै बिषयमा सहभागी नहुन पनि अदालतले आदेश दिएको छ । यस्तै, आर्यन आफूसँगै पक्राउ परेका अन्य २ साथीहरुको सम्पर्कमा पनि रहन पाउने छैनन् ।

आर्यनले आफ्नो पासपोर्ट स्पेशल कोेर्टमा वुझाउनुपर्नेछ । यस्तै, आर्यनले यो बिषयमा मिडियामा कुरा गर्न पाउने छैेनन् । उनी, एनडीपीएसका विशेष न्यायधिसको अनुमती विना देश छाडेर बाहिर जाने पाउने छैनन् । मुम्बईबाट बाहिर जानका लागि पनि आर्यनले अधिकारीहरुलाई सूचना दिनुपर्नेछ ।

यस्तै, आर्यनले हरेक शुक्रबार ११ बजेदेखि २ बजेसम्म एनसीबीमा उपस्थिती जनाउनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?