+
+

हामी ‘हिरो बाई मिस्टेक’ हौंः दीपकराज गिरी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते ११:५९

कलाकार, निर्माता तथा लेखक दीपकराज गिरीले आफूहरु ‘हिरो बाई मिस्टेक’ भएको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै दीपकले आफूहरुलाई स्क्रिप्टले नायक बनाएको बताए । उनले भने–‘हामी हिरो बाई मिस्टेक हौं । यसैले, हामीले कथा नै बलियो नबनाई चलचित्र बनाएर काम नै छैन । राम्रो स्क्रिप्ट नबनाएसम्म हामी कुनै पनि कुरा पक्का गर्न सक्दैनौं ।’

दीपक र उनको टिमले विभिन्न निर्मातासँग काम गर्न लागेको चर्चा पनि चलेको छ । दीपक यो बिषयमा भन्छन्–‘कुरा त भैरहेको छ । तर, बिहेका लागि सबै तयारी सकियो, बेहुली मात्र पक्का गर्न बाँकी छ भने जस्तै छ । कथा तयार नभएसम्म हामी केही पनि भन्न सक्दैनौं ।’

दीपकले चलचित्र ‘छक्का पन्जा ४’को कथा लेखिरहेको बताए । यस्तै, उनले अन्य केही निर्माताको चलचित्रमा पनि काम गर्नका लागि कुरा अगाडि बढेको सुनाए । अर्को एक प्रसंगमा दीपकले आफूहरुले हल खोल्ने निर्णय गर्दा धेरैले गलत व्यापारमा हात हालेको भन्दै यसो नगर्न सुझाव दिएको समेत सुनाए ।

उनले भने–‘के गर्या यो, यस्तो पनि गर्ने हो भन्दै थुप्रैले भन्नुभयो । विश्व बजार डिजिटल दुनियाँमा गैरहेको समयमा हलमा लगानी गर्नु मुर्खता भएको सुझाव मैले पाएँ । तर, हलमा चलचित्र हेरे जस्तो रमाइलो मोबाइलमा हुँदैन । यसैले, हामीले हलमा लगानी गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?