+
+
Shares

चाबहिल तरकारी बजारमा विद्युतीय भुक्तानी शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १५:०२

१४ कात्तिक, काठमाडौं । काठमाडौंको चाबहिलस्थित तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबार गर्ने व्यवस्था गरिएको छ । आइतबार एक कार्यक्रमको आयोजना गरी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले क्यूआर कोड हस्तान्तरण गरेसँगै विद्युतीय भुक्तानी शुरुवात भएको हो ।

यो व्यवस्थासँगै व्यापारी र उपभोक्ता दुवैले सहज ढंगले मालसामन खरिद गर्न र गराउन सजिलो भएको प्रमुख कार्यकारी अधिकृत शर्माले बताए । उनले यसले पारदर्शिताको काम पनि गर्ने भएकाले लोन लिन चाहने व्यापारीहरुलाई पनि बैंकले सहजै विश्वास गर्न सक्ने वातावरण बन्ने बताए ।

कार्यक्रममा काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष शुद्धकुमार डंगोलले चावहिल तरकारी तथा फलफूल बजारमा पनि विद्युतीय कारोबारबाट भुक्तानी गर्ने काम शुरु भएसँगै नगद बोकेर हिँडनुपर्ने अवस्थाको अन्त्य भएको बताए ।

तरकारी किन्न आएका ग्राहकहरुले पनि विद्युतीय कारोबारबाट भुक्तानीको व्यवस्थाले आफूहरुलाई सहज बनाएको प्रतिक्रिया दिएका छन । तरकारी किन्नका लागि बजारमा आएका सफल श्रेष्ठले विद्युतीय भुक्तानी कारोबारले आफूहरुलाई धेरै सजिलो बनाइदिएको र यसबाट पैसा हराउने झन्झट पनि नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?