+
+

नेप्से परिसूचक २८ सय नाघ्यो, कारोबार रकम ८ अर्ब नजिक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १५:०६

१४ असोज, काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर कारोबार मापक नेप्से परिसूचक ५५ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५५ दशमलव २५ अंकले बढेर २ हजार ८ सय ३७ दशमलव ३६ अंकमा पुगेको छ । शेयर कारोबार रकम समेत ८ अर्ब नजिक पुगेको छ ।

दिनभर भएका ८१ हजार ९ सय ३५ कारोबारबाट २ सय ३२ कम्पनीका १ करोड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रुपैयाँ पुगेको छ । नेप्से परिसूचक र शेयर कारोबार रकम दुबै दशैं पछिको नयाँ रेकर्ड हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?