+
+

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीको दावी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १५:२२

१४ कात्तिक, धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वमा दावी गरेको छ । सुदूरपश्चिम प्रदेशसभाको ठूलो दल एकीकृत समाजवादीको आइतबार बसेको प्रदेश कमिटीको बैठकले प्रदेश सरकारको नेतृत्वमा दावी गर्ने निर्णय गरेको हो ।

धनगढीमा सम्पन्न प्रदेश कमिटी बैठकले प्रदेश सरकारको नेतृत्वका लागि केन्द्रीय कमिटीलाई अनुरोध गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । ‘हाम्रो पार्टीको प्रदेश कमिटी बैठकले प्रदेश सरकारमा दावी पेस गर्न केन्द्रमा अनुरोध गर्ने निर्णय गरेको छ,’ एक नेताले अनलाइनखबरसँग भने ।

प्रदेश कमिटीका सचिव दिनेशचन्द्र सुवेदीले प्रदेशसभामा सबैभन्दा ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्ने विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

औपचारिक निर्णय भए/नभएकोबारे पुुष्टि नगरेपनि उनले पत्रकार सम्मेलन गरेर विस्तृतमा सबै कुरा जानकारी दिइने बताए । एकीकृत समाजवादी पार्टीको समर्थनमा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अहिले नेकपा माओवादी केन्द्रले गरिरहेको छ ।

५२ सदस्यीय प्रदेशसभामा १४ सांसदसहित एकीकृत समाजवादी पार्टी सबैभन्दा ठूलो दल छ । प्रदेशसभामा माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, एमालेका सभामुखसहित ११, जनता समाजवादी पार्टी जसपा र लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका १–१ सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?