+
+

आर्यनका लागि बडिगार्डको व्यवस्था गर्दै साहरुख र गौरी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १७:०३

बलिउड नायक साहरुख खानका छोरा आर्यन खान करिब एक महिना लामो जेल जीवन बिताएर शनिबार मात्रै घर फर्किए । तर, छोरा घर फर्किएपनि पिता साहरुख खान र आमा गौरी खानलाई भने उनको चिन्ताले सताउन छाडेको छैन ।
भारतीय मिडियाका अनुसार, साहरुख र गौरी आर्यनको करिअरलाई अब कसरी अगाडि बढाउने भन्ने बिषयमा सोच्न थालेका छन् ।

भारतीय मिडियाका अनुसार, साहरुख र गौरी आर्यनको साथमा बडिगार्ड मात्र भएको भए यो अवस्था नआउन सक्थ्यो भन्ने वुझाइमा छन् । यसैले, उनीहरु आर्यनका लागि बडिगार्डको व्यवस्था गर्ने तयारीमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ । साहरुखको साथमा बडिगार्ड रवि सधै नै हुने गर्दछन् । जसलेगर्दा, साहरुखको जीवनमा धेरै सहजता हुने गरेको छ ।

अर्कोतिर, आर्यनले करिब एक महिना जेल जीवन बिताउँदा उनको मानसिक स्वास्थ्यमा समेत समस्या आउन सक्ने वुझाइमा साहरुख र गौरी छन् । यसैले, चाडै नै आर्यनलाई मानसिक परामर्शको खाँचो रहेको आर्यन र गौरीले वुझेका छन् । मानसिक परामर्श गरेको खण्डमा आर्यन एक महिनामा भोगेको पीडाबाट बाहिर आउन सक्ने सोचाइमा उनका माता–पिता छन् ।

आर्यन खान अक्टुबर २ तारिखमा मुम्बइको एक क्रुज पार्टीमा जाँदै गर्दा पक्राउ परेका थिए । उनलाई एनसीबीले पक्राउ गरेपछि करिब एक महिना चर्चाको बिषय बन्यो । भारतको उच्च न्यायलयले बिहिबार आर्यनलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?