+
+

चाबहिल तरकारी बजारमा सनराइज बैंकको क्यूआर भुक्तानी सेवा शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १७:१०

काठमाडौं । सनराइज बैंकले चाबहिलको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा शुरु गरेको छ । तरकारी तथा फलफूल बजारमा क्यूआर कोड भुक्तानी कारोबारको आइतबार एक कार्यक्रका बीच नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कडेंलले शुभारम्भ गरेका छन् ।

उपभोक्ताले आफ्नो मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत तरकारी बजारमा रहेका पसलहरुमा तरकारी, फलफूल तथा अन्य सामग्रीहरुको खरिद रकमको सजिलै भुक्तानी गर्न सक्नेछन् ।

ग्राहकहरुको सहजताको लागि बैंकले बजार परिसरमा फ्रि वाइफाइको समेत व्यवस्था गरेको छ । ग्राहकहरुले चाबहिलको तरकारी तथा फलफूल बजार परिसरमा रहेको अधिकांश पसलहरुमा क्यूआर कोडबाट क्यूआर भुक्तानी सुविधा लिनसक्ने बैंकले जनाएको छ ।

क्यूआर कोड भुक्तानी सेवा उद्घाटनमा नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक कँडेल, काठमाडौं महानगरपालिका–७ का वडाध्यक्ष शुद्धकुमार डंगोल, बेष्ट फुड बजार प्रालिका सञ्चालक सुवास घिमिरे र उपेन्द्र पाण्डे, एफ वान सफ्ट इन्टरनेशनल प्रालि (फोन पे)का अध्यक्ष विश्वास ढकाल, बैंकका प्रमुख कार्यकारी अधिकृतसुमन शर्मालगायत चाबहिल तरकारी तथा फलफूल बजारका सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?