+
+

रेडपाण्डा ओसारपसार मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १७:३५

१४ कात्तिक, काठमाडौं । रेडपाण्डा ओसारपसार मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । बाँकेको वैजनाथ गाउँपालिका–६ का ४२ वर्षीय नरबहादुर वलीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदालत बाँकेको २०७७ असोज २ गतेको फैसलाले ५ वर्ष ५ महिना १४ दिन कैद तोकिएकोमा फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?