+
+

न्यायालय विवादमा फसेका बेला प्रधानमन्त्री विदेश जानु गलत : पूर्वराष्ट्रपति यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १८:४३

१४ कात्तिक, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले न्यायालय विवादमा फसकेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणमा जानु बेठीक भएको बताएका छन् ।

आइतबार ‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा विमोचन गर्दै उनले न्याय क्षेत्रका प्रतिष्ठित व्यक्ति, कानुनविद्हरुसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नुपर्ने बेला प्रधानमन्त्री विदेश भ्रमणमा जानु उचित नभएको बताएका हुन् ।

पूर्व राष्ट्रपति यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमणमा गएर शिर ठाडो पार्न नसक्ने बताए । ‘आज हाम्रो सम्माननीय प्रधानमन्त्री बेलायत जानुभएको छ । तर आज बेलायतको सामुन्ने संसारको सामुन्ने न्यायालयको यो अवस्था छ । के कसरी हामीले हामी संसारको सामुन्ने टाउको देखाउन सक्छौं ?’ उनले भने ।

सर्वोच्च अदालतका सबै न्यायाधीश, संविधानविद् कानुनविद र न्यायक्षेत्रका वुद्धिजीवि एकातिर हुँदा पनि प्रधानन्यायाधीशले छोड्दिन भन्नुको पछाडि कसको तागत छ भनी उनले प्रश्न गरे । न्यायपालिकामा सरकारले हस्तक्षेप गर्न नमिल्ने भए पनि न्यायालयमा देखिएको समस्या समाधान गर्न ट्र्याक टु डिप्लोमेसी अपनाउन सक्ने पूर्वराष्ट्रपति यादवले बताए ।

‘…सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरु, कानुनविद्हरुसँग सल्लाह गरेर ती समस्यालाई सल्भ गर्नुपर्दैन ? कानुनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन ?’ पूर्वराष्ट्रपति यादवले प्रश्न गरे ।

प्रधानन्यायाधीशले सरकार र संवैधानिक निकायमा हिस्सा खोज्नु नेपालमा अहिलेसम्म नभएको घटना भएको उनले बताए ।

पूर्वराष्ट्रपति यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति असन्तुष्टि जनाएका छन् । संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?