+
+

विश्वमा प्रजातन्त्र क्षयीकरण भइरहेको छ : प्रथम राष्ट्रपति यादव

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १६:२२

८ पुस, काठमाडौं। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले विश्वमा प्रजातन्त्रको क्षयीकरण भइरहेको बताएका छन् ।

लोकतन्त्रका लागि लडेको ६० वर्षभन्दा बढी भएपनि अझै लोकतन्त्र खतरामा छ भन्नुपर्दा दुःख लाग्ने गरेको उनले बताए ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुनुले पनि प्रजातन्त्रको क्षय भइरहेको महसुस भएको बताए ।

३५ वटा बढी मुद्दा लागेका ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएको बताउँदै उनले भने, ‘संसारमा ठूला–ठूला प्रजातान्त्रिक देशहरुमा चुनाव भएको छ ।

अमेरिकामा कस्तो मान्छे चुनिएर आएको छ, हाम्रो सामुन्ने छ । संसारमा डेमोक्रेसीको क्षयीकरण भइरहेको छ । सुन्दाखेरी नमिठो लाग्छ । अहिले पनि लोकतन्त्रमाथि खतरा छ भन्नु र सुन्नु परिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?