+
+

इन्धनको मूल्य वृद्धिप्रति वायुसेवा कम्पनीहरुको असहमति

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते १७:०५

१४ कात्तिक, काठमाडौं । वायुसेवा कम्पनीहरुले नेपाल सरकारले अस्वभाविक रुपमा इन्धनको मूल्य बढाएको भन्दै बढेको मूल्यप्रति असहमत रहेको बताएका छन् ।

आइतबार वायुसेवा सञ्चालक संघका महासचिव मनोज कार्कीको तर्फबाट जारी विज्ञप्तिमा वायुसेवा सञ्चालकले यस्तो बताएका हुन् । आन्तरिक तर्फ नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ बढाउने निर्णय गरेको थियो ।

सरोकारवालासँग छलफल नै नगरी एकै पटक बढेको अत्यधिक मूल्यका कारण हवाई भाडा बढ्ने र यसले आम यात्रुमा असर पुग्ने भन्दै वायुसेवा सञ्चालकले हवाई इन्धनमा भएको प्रतिलिटर १० रुपैयाँ मूल्य वृद्धिप्रति असहमति रहेको बताएका हुन् । वायुसेवा सञ्चालकहरुका अनुसार छिमेकी मुलुकको तुलनामा नेपालमा हवाई इन्धन महँगो पर्छ । बजेट वक्तब्यमार्फत सरकारले आन्तरिक वायुसेवालाई राहत दिने घोषणा गरेको थियो ।

तर, बढेको हवाई इन्धनले राहत भन्दा बढी सास्ती दिने महासचिव कार्कीको भनाइ छ । इन्धनमा सरोकारवालासँग छलफल नगरी एकै पटक उच्च मूल्यवृद्धि गर्दा त्यसले अत्यधिक भार पर्न गई व्यवसायमै असर पुग्ने कम्पनीहरुको गुनासो छ । कोरोना महामारीका कारण तंग्रिदै गरेको व्यवसायलाई राज्यको तर्फबाट संरक्षण आवश्यक रहेको समेत उनीहरुको भनाइ छ ।
निगमले गत शुक्रबारबाट लागु हुने गरि हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको थियो । यसले हवाई भाडा बढ्ने निश्चित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?