+
+

सम्झौता अघि बढाउने–नबढाउने नेपालको हातमा छ– एमसीसी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १४ गते २०:०८

१४ कात्तिक, काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले सम्झौता अगाडि बढाउने–नबढाउने नेपालको हातमा रहेको बताएको छ ।

आइतबार एक वक्तव्य जारी गर्दै केही पहिले भएको नेपाल भ्रमणका क्रममा आफ्ना अधिकारीहरुले एमसीसी सम्झौताबारे स्पष्टीकरण दिएको र सरकारले पनि सम्झौतालाई अघि बढाउने प्रतिबद्धता जनाएको बताएको छ ।

तर संसदले यसलाई अनुमोदन नगर्दा लाखौं नेपाली लाभ लिनबाट वञ्चित भएको भन्दै एमसीसीले भनेको छ, ‘एमसीसी सम्झौता अनुमोदनमा ढिलाइ हुँदा ५०० मिलियन डलरको अनुदान सहायता र २ करोड ३० लाख नेपाली जनताको भरपर्दो विद्युत र सुरक्षित सडकको सुविधालाई जोखिममा पारेको छ ।’

एमसीसीले अघि भनेको छ, ‘सम्झौतालाई अघि बढाउने–नबढाउने निर्णय अब नेपालको हातमा छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?