+
+

हिमालयन बैंकको मूनाफा २३.७६ प्रतिशतले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १३:०३

१५ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हिमालयन बैंकको नाफा २३.७६ प्रतिशतले वृद्धि भएको छ । सोमबार बैंकले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरण अनुसार तीन महिनामा बैंकले ४५ करोड २८ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ३६ करोड ५९ लाख १४ हजार रुपैयाँमात्रै खुद नाफा कमाएको थियो । बैंकले १ अर्ब ११ करोड ११ लाख ३१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

तीन महिनामा बैंकले १ खर्ब ४२ अर्ब १७ करोड २८ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ३८ अर्ब ९ करोड २५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा अनुपात घटेर ०.५८, आधार ब्याजदर ७.०१, स्पेडदर २.६४ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?