+
+

मुख्यमन्त्री शाहीले प्रदेशवासीलाई सम्बोधन गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १८:१०

१५ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्ने भएका छन् । शाहीले सोमबार बेलुका ६ बजे कर्णालीबासीका नाममा सम्बोधन गर्ने उनका प्रेस सल्लाहकार धुव्रविक्रम बुढाथोकीले जानकारी दिए ।

अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मन्त्रिपरिषदको बैठक बसिरहेको छ । बैठक लगत्तै मुख्यमन्त्री कार्यालयको हलमा पत्रकार समक्ष कर्णालीबासीको नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

सम्बोधनका क्रममा उनले राजीनामा घोषणा गर्ने स्रोतको भनाइ छ । राजीनामा पछि नेपाली काँग्रेस संसदिय दलका नेता जीवनबहादुर शाही कर्णालीको मुख्यमन्त्री बन्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?