+
+

भन्सार कार्यालयहरुको क्षमता बढाउन ब्यवसायीको माग

टोपराज शर्मा टोपराज शर्मा
२०७८ कात्तिक १५ गते १८:५०

१५ कार्तिक, बुटवल। मुलुकको आर्थिक समृद्धिका लागि उत्पादमा लगानी गर्ने वातावरण बनाउन लुम्बिनी प्रदेशका उद्योगी ब्यवसायिहरुले सरकार समक्ष माग गरेका छ्न ।

अव्यवस्थित भन्सार प्रणाली,अब्यवहारिक राजस्व नीति र झन्झटिलो प्रक्रियाका कारण उत्पादनतर्फ आकर्षण बढ्न नसकेको उनीहरुको निष्कर्ष छ ।

वर्तमान राजस्व नीतिको समीक्षा एबम आगामी नीति वारे सुझाव सम्बन्धि छलफल कार्यक्रममा बोल्दै उद्योगी ब्यवसायीले सरकारले बिगतमा २० अर्ब भन्सार राजस्वको परिकल्पना गर्दाको भन्सार ब्यवस्थापन आज १ सय २७ अर्बको राजस्व परिकल्पना गर्दा पनि उहीँ क्षमतामा चलिरहेको गुनासो गर्दै भन्सार कार्यालयहरुको क्षमता बढाउन माग गरे ।

अन्तरक्रियामा बोल्दै लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष टंक पोखरेलले भन्सार बिन्दुमा एकीकृत जांच प्रणाली छिटो स्थापना गर्न,भन्सार सङ्ग सरोकार राख्ने बैंक,क्वारेन्टाइन,नापतौल र गुणस्तर कार्यालयहरुलाइ २४ सै घन्टा खोल्ने ब्यवस्था मिलाउन माग गरे ।

उनले अनलाइन प्रणालीहरुलाई ब्यवस्थित गर्न,ठुला उद्योगको समस्या समाधान गर्ने नाममा साना उद्योगलाई मारमा नपार्न,करको दायरा बढाउदै दर घटाउन,कोभिडले मारमा परेका उद्योगी ब्यवसायीलाइ ब्याज लगायतका बिषयमा सुबिधा दिन पनि माग गरे ।

सरकारको भन्सार लक्षित राजस्व नीतिलाइ अब परिमार्जन गर्न जरुरी रहेको भन्दै उनले राजनितिक दलका नेता र नेपाल सरकारका कर्मचारी मोटाउदै जाने तर उद्योगी ब्यवसायीहरु दुब्लाउदै जाने परिस्थिती अन्त्य गरी राजस्व तिरेर मुलुक चलाउन योगदान गर्ने ब्यवसायीलाइ सम्मान गर्न आग्रह गरे ।

‘उत्पादनमा मात्र अनुदान, उत्पादित बस्तुको बजार ग्यारेन्टी र अबैध ब्यापारलाई निस्तेज गर्न भन्सारमा कारोबार मुल्यलाई मान्यता दिएर अन्डर बिलिङको समस्या समाधान गर्न भन्सार कार्यालयको क्षमता बढाउन अपरिहार्य छ’-पोखरेलले भने ।

नेपाल उद्योग बाणिज्य महासङघका केन्द्रिय सदस्य महेन्द्र कुमार श्रेष्ठले बर्सौ देखि उद्योगी ब्यवसायिका समस्या उठाउदा पनि सुनुवाइ नभएको गुनासो गरे ।

उद्योग बाणिज्य संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले अर्बौ लगानी भएका उद्योगहरुको सुरक्षामा राज्य गम्भीर नभएको आरोप लगाउंदै नयाँ पुस्तालाई उद्योगी बनाउन प्रोत्साहन गर्न उद्योग स्थापना,सन्चालन र बजारमा सामान नपठाउदा सम्म अनावश्यक झन्झट नदिन आग्रह गरे।

घरेलु तथा साना उद्योग समितिका लुम्बिनी प्रदेश अध्यक्ष नेत्र पाठकले खानिजन्य र बन पैदावर संग सम्बन्धित उद्योगहरु सन्चालन गर्ने बाताबरण बनाउन माग गरे ।

नेपाल उद्योग परिसङघ लुम्बिनीका उपाध्यक्ष बाबुराम बोहोराले उत्पादनमा लागेका उद्योगीहरुलाइ राज्यले प्रोत्साहन गर्न नसकेको गुनासो गर्दै कच्चा पदार्थको आयात गर्ने सवारी साधन र पर्यटक भित्रिने सवारी साधनलाइ अलग अलग सडकको ब्यवस्था गरेर भन्सारमा लाग्ने सवारीको लाइन घटाउन आग्रह गरे ।

ब्यवसायीहरुले राखेका सुझाबहरुको सम्बोधन गर्दै अर्थ मन्त्रालयका राजस्व सचिब कृष्णहरी पुस्करले भन्सारहरुको क्षमता अभिबृद्दी गर्न,भन्सार प्रक्रियामा सामानहरु जाँचपास गर्न भेहिकल स्क्यानरको ब्यवस्था गर्ने,अनलाइनलाई थप ब्यवस्थित बनाउने प्रतिबद्धता ब्यक्त गरे ।

उनले कतिपय नितीगत र अन्तररास्ट्रिय–क्षेत्रीय सन्धी सम्झौताहरु भन्सार र राजस्व नीतिमा बाधक रहेकोले त्यसलाइ सम्बोधन गर्न राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?