+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

खेलकुदको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १९:५८

१५ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले सरोकारवालाहरुसँग परामर्श कार्यक्रम गरेको छ । सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पूर्वमन्त्री लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुसँग परामर्श गरेका हुन् ।

कार्यक्रममा युवा तथा खेलकुदको विकासका लागि स्रोत तथा पूर्वाधारको विकास गर्ने, युवा लक्षित कार्य गर्ने धेरै मन्त्रालय भएकाले एकीकृत रुपमा कार्यक्रम सञ्चालन र समन्वय गर्ने, युवालाई रोजगार, स्वरोजगार, उद्यमी बनाउनका लागि कोषवृद्धि गर्ने लगायतका विषयमा सहभागीहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा पूर्व युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा, पूर्व राज्यमन्त्री गोपी अछामी, पूर्व सहायक मन्त्री चन्दा चौधरी तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

त्यस अवसरमा विश्वकर्मा, अछामी र चौधरीलाई मन्त्री गहतराजले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?