+
+

खेलकुदको विकासका लागि पूर्वाधार निर्माणमा जोड दिन सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १९:५८

१५ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले सरोकारवालाहरुसँग परामर्श कार्यक्रम गरेको छ । सोमबार सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले पूर्वमन्त्री लगायत सरोकारवाला निकायका प्रतिनिधिहरुसँग परामर्श गरेका हुन् ।

कार्यक्रममा युवा तथा खेलकुदको विकासका लागि स्रोत तथा पूर्वाधारको विकास गर्ने, युवा लक्षित कार्य गर्ने धेरै मन्त्रालय भएकाले एकीकृत रुपमा कार्यक्रम सञ्चालन र समन्वय गर्ने, युवालाई रोजगार, स्वरोजगार, उद्यमी बनाउनका लागि कोषवृद्धि गर्ने लगायतका विषयमा सहभागीहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा पूर्व युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्मा, पूर्व राज्यमन्त्री गोपी अछामी, पूर्व सहायक मन्त्री चन्दा चौधरी तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थिति थियो ।

त्यस अवसरमा विश्वकर्मा, अछामी र चौधरीलाई मन्त्री गहतराजले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?