+
+

यामाहाको एफजेड भी-३ एक्स-कनेक्ट नेपाली बजारमा, के छन् विशेषता ?

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १२:५३

काठमाडौं । यामाहा मोटरसाइकलका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाको एफ जेड भी-३ कनेक्ट- एक्स मोडल सार्वजनिक गरेको छ ।

सोमबार एक कार्यक्रमका बीच इन्टरप्राइजेजले आधिकारीक रुपमा नेपाली बजारमा एफ जेड भी-३ कनेक्ट-एक्स मोडल सार्वजनिक गरेको हो ।

नेपाली बजार ३ लाख ७९ हजार ९०० रुपैयाँ मूल्य पर्ने भी-३ मा सबैभन्दा ठूलो सुविधा यसमा जडित ब्लुटुथ रहेको कम्पनीले जनाएको छ । जसमार्फत गुगल प्लेस्टोर र आईओएसमा पाइने ‘यामाहा मोटरसाइकल कनेक्ट एक्स’ निःशुल्क डाउन्लोड गरी यो बाइकको स्मार्ट मोडको ६ जीवन सुलभ बनाउने सुविधा लिनु सकिने कम्पनीको भनाइ छ ।

के छन् विशेषता ?

कम्पनीका अनुसार ब्लुटुथको प्रविधिको पहिलो सुविधा रहेको छ ‘एन्सर ब्याक’ । यो सुविधाद्वारा बाइकको इन्डिकेटर झिमिकझिमक बल्न थाल्नेछ र हर्न बज्न थाल्नेछ जसले गर्दा चालक आफ्नो साधन कहाँ राखिएको छ भनेर बिना कुनै झन्झट थाहा पाउनसक्नेछ ।

यस्तै यस प्रविधिको दोस्रो सुविधा भनेका ‘इ-लक’ को व्यवस्था हो । यदी ग्राहकले इ-लक प्याट्रन राखेको अवस्थामा गोप्य अनलक प्यट्रन थाहा नहुने व्यक्तिले चाबीले मात्र बाइक चालु गर्न सक्ने छैन । ‘इ-लक’ प्याट्रन मूलत: आफ्नो मोटरसाइकल चोरी हुनबाट बचाउने उपयोगी सुविधा भएको कम्पनीको भनाइ छ ।

यस्तै ‘लोकेट माइ बाइक’ ब्लुटुथको अर्को सुविधा रहेको छ । यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेण्डस्सम्म लगातार बल्ने छ । बिशेषगरी यो फिचर चालकले भिड पार्किङमा अवस्थित आफ्नो मोटरसाइकल सजिलै चिन्नुमा उपयोगी रहनेछ ।
त्यसैगरी ‘राइडिङ्ग हिस्ट्री’ यसको चौँथो ब्लुटुथ सुविधा हो । ‘राइडिङ्ग हिस्ट्री’ द्वारा आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सक्नेछन् ।

यस्तै ‘पार्किङ रेकर्ड’ पाँचौं सुविधा रहेको छ । यो सुविधामार्फत बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउन सक्नेछ ।

यसको छैटौँ सुविधा रहेको छ “हजार्ड” । ‘हजार्ड’ सुविधाले चालकलाई सडकको साम्भावित दुर्घटना र खतराको बारेमा सचेत पार्नेछ ।

एफ जेड भी-३ कनेक्ट- एक्स मोडल सुविधा बारे एमएडब्ल्यूका सीईओ राजु क्षेत्रीले भने, ‘ब्लुटुथ सुविधाबाहेक बाइक १३५ केजीको हल्का वजनको यस बाइक १४० सेक्सनको रेडियल टायर राखिएको छ, साइड स्ट्यान्ड हटाइएको छ साथै बएएसभीआई र एबीएस जस्ता अपग्रेड गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?