+
+

जितु नेपाल शो छाड्दै, दीपक र केदार टेलिभिजनमा फर्किंदै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १६ गते १४:०१

हास्य कलाकार जितु नेपालले डेढ वर्षभन्दा लामो समयदेखि सञ्चालन गरिरहेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गर्ने तयारी गरेका छन् । आउँदो सातादेखि यो शो बन्द हुँदैछ । जितु नेपालले शो बन्द गर्ने तयारी गर्दैगर्दा अर्का दुई चर्चित हास्य कलाकार भने टेलिभिजनमा फर्कि‌ंदैछन् ।

हास्य कलाकार दीपकराज गिरी ग्यालेक्सी फोर के टीभीबाट प्रसारण हुन लागेको कार्यक्रम ‘क्राइम पेट्रोल नेपाल’को सञ्चालक बनेका छन् । भारतीय टेलिभिजनमा प्रसारण भैरहेको यो चर्चित कार्यक्रमको नेपाली फ्रेन्चाइजमा दीपक प्रस्तोताको रुपमा देखिदैछन् । ‘तीतो सत्य’ नामक हास्य सिरियलमा काम गरेपछि चर्चामा आएका दीपक ठूलो पर्दामा लागेका थिए । ठूलो पर्दाका चलचित्र बनाउन थालेपछि दीपकले सानो पर्दालाई समय दिन भ्याएका थिएनन् ।

दीपक मात्र होइन, उनका सहकर्मी कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ पनि टेलिभिजनमा निर्देशकको रुपमा फर्किंदैछन् । केदारले कमेडी शो ‘कमेडी हब’को निर्देशन गर्ने तयारी गरेका छन् । २६ भागको यो कमेडी शोको निर्देशनका लागि कस्सिएका केदार अहिले स्क्रिप्टको काममा व्यस्त छन् ।

यो शोका लागि केदारले महंगो पारिश्रमिक समेत लिएको बुझिएको छ । शोलाई मिडिया हबले निर्माण गर्दैछ । टेलिभिजन शो ‘मुन्द्रेको कमेडी क्लब’मा अध्यक्षको रुपमा देखिएकी दीपाश्री निरौला पनि केही समयदेखि खाली छिन् । दीपाले पनि टेलिभिजन शो ल्याउने सोच बनाएपनि त्यसको तयारी भने गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?