 
																			१६ कात्तिक, काठमाडौं । निजी लगानीको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले सिमरामा नियमित उडान थालेको छ ।
३० सिट क्षमताको जेट्स्ट्रीम जहाजबाट कम्पनीले सोमबारदेखि सिमरामा नियमित हवाई उडान थालेको जानकारी गराएको छ । आफ्ना दुइवटा अमेरिकी बिचक्राफ्ट र थप बेलायती पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट गुणले सेवा दिइरहेको छ ।
गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा, तुम्लिङटार भैरहवा, नेपालगञ्ज र विराटनगरमा भने नियमित उडान शुरु गरिसकेको कम्पनीले जनाएको छ ।
गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सुर्खेत र भद्रपुरका लागि केही समयमै उडान भर्नेगरी तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4