
१६ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमामा चारवटा सहकारी संस्थाहरु एकीकरण भएका छन् । चारैवटा सहकारी संस्थाले शंकरनगरमा संयुक्त भेला गरी एकीकृत भएको घोषणा गरेका हुन् ।
सामूहिक विकास वचत तथा ऋण सहकारी संस्था, मणिप्रभा बचत तथा ऋण सहकारी, सूर्यकिरण बचत तथा ऋण सहकारी र द्रव्याञ्जली वचत तथा ऋण सहकारी संस्था एकीकृत भएका हुन् । एकीकरणपछिको नाम सामूहिक विकास बचत तथा क्रृण सहकारी संस्था राखिएको छ ।
एकीकरणपछि सहकारीका शेयर सदस्य ९ हजार ६८८, शेयर पुँजी ३० करोड १५ लाख ८२ हजार, बचत २ अर्ब ३३ करोड ९१ लाख ४५ हजार ३८७ रुपैयाँ, जगेडा कोष १७ करोड ५७ लाख २६ हजार २७१ र अन्य कोष १३ करोड ९५ लाख ६० हजार ३३३ रुपैयाँ पुगेको छ ।
एकीकरण घोषणासँगै एकीकृत कारोबार पनि शुरु भएको छ । एकीकरणपछि तीन महिनाभित्र साधारणसभा गर्ने गरी तदर्थ सञ्चालक समितिको निर्माण गरिएको छ । सञ्चालक समितिमा साविकको सामूहिक सहकारीमा रहेका १५ जनाका साथै मणिप्रभा, सूर्यकिरण र द्रव्याञ्जलीबाट २–२ जना राखिएको छ ।
प्रतिक्रिया 4