+
+

पर्सामा डेढ लाखको पटाका प्रहरीबाट नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १२:३८

१७ कात्तिक, वीरगञ्ज । पर्सामा प्रहरीले १ लाख ५० हजार रुपैयाँ बराबरको विष्फोटक पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयले विभिन्न समय र स्थानबाट बरामद गरेको पटाका, भुइँचम्पा, आतिशबाजी र झुरझुरे नष्ट गरेका हुन् ।

जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको पटाका, भुइँचम्पा, आतिशबाजी तथा अन्य विष्फोटक तथा प्रज्वलनशील पदार्थ कार्यालयमा ल्याएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

रकेट पटाका ३५ प्याकेट, नागिन १ हजार २ सय ५० प्याकेट, फुलझरी ८ सय थान, रकेट फुलझरी १ सय २० प्याकेट, बिडी पटाका ७ बोरा, कोबरा र बिडी ६ कार्टुन, चकलेट पटाका ४० प्याकेट र झिरझिरे सय प्याकेट नष्ट गरिएको उनले बताए । यस्तै टेन सट १ सय प्याकेट, सतरंगी र सेभेन सट्स २०/२० प्याकेट, स्काई रेड १५ प्याकेट, रंग दे वसन्ती १२ प्याकेट नष्ट गरिएको छ ।

पटाका लगायत विष्फोटक र प्रज्वलनशील पदार्थ पड्काउन प्रतिबन्ध लगाइएको भएपनि वीरगञ्जमा खुलेआम बिक्री वितरण हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?