+
+

विद्रोहीले राजधानीतर्फ बढ्ने भनेपछि इथियोपियामा संकटकाल घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १७ गते १४:५३

१७ कात्तिक, काठमाडौं । अफ्रिकी मुलुक इथियोपियामा संकटकाल घोषणा गरिएको छ । टिग्रे क्षेत्रका विद्रोही लडाकुले राजधानी अदिस अबाबातर्फ बढ्ने चेतावनी दिएपछि देशभर संकटकाल घोषणा गरिएको हो ।

इथियोपियाको मन्त्रिपरिषद्ले मुलुकभर संकटकाल घोषणा गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । तत्काल लागू हुने सो घोषणापछि अधिकारीहरूले जनतालाई राजधानी शहरको रक्षाका लागि तयारी अवस्थामा रहन भनेका छन् ।

‘आतंकवादी टीपीएलएफ (टिग्रे पिपुल्स लिबरेशन फ्रन्ट)द्वारा भइरहेको अत्याचारबाट नागरिकलाई बचाउने लक्ष्यसहित संकटकाल घोषणा गरिएको छ’, इथियोपियाको फना ब्रोडकास्टिङले मंगलबार उल्लेख गरेको छ ।

विद्रोही समूह टीपीएलएफले एक वर्षदेखि इथियोपियाको संघीय सरकारविरुद्ध लडाइँ गर्दै आएको छ । पछिल्लो समय डेस्सी र कोम्बोल्चा जस्ता महत्वपूर्ण शहर नियन्त्रणमा लिन सफल उक्त समूहले अदिस अबाबातर्फ बढ्ने धम्की दिएपछि ६ महिनासम्म संकट लगाउने निर्णय गरिएको हो ।

यता, इथियोपियाका न्याय मन्त्री गेडिअन टिमोथेवसले आफ्नो मुलुकको अस्तित्व, सार्वभौमिकता र एकतामाथि गम्भीर खतरा उत्पन्न भएको बताएका छन् । सामान्य अवस्थामा लागू हुने कानुनबाट यो खतरा पार नहुने भन्दै संकटकाल लगाइएको उनको भनाइ छ ।

संकटकालको उल्लंघन गर्ने, ‘आतंकवादी समूहलाई’ आर्थिक, भौतिक वा नैतिक समर्थन गर्ने व्यक्तिलाई ३ वर्षदेखि १० वर्षको कैद सजाय हुने पनि उनले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?