+
+
Shares

बैंकको लाभांश घोषणा : नबिलको धेरै, कुमारी देखियो कमजोर !

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १७:५१

१८ असोज, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ को मूनाफाबाट बैंकहरुले आफ्नो शेयरधनीहरुका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । तिहार अघिसम्म लाभांश घोषणा गर्ने बैंकहरुमा नबिल बैंक सबैभन्दा धेरै लाभांश दिने बैंक बनेको छ ।

सम्भवतः गत वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा नै नबिल बन्नेछ । नबिल बैंकले हरेक वर्ष आकर्षक लाभांश दिदै आएकोमा यस वर्ष गत वर्षको भन्दा धेरै ३.६ प्रतिशत बोनस सेयर र ४.४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

धेरै लाभांश दिने दोस्रो नम्बरमा भने हिमालयन बैंक देखिएको छ । हिमायन बैंक नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको छ । मर्जरमा जानु अघि हिमालयनले आफ्ना शेयरधनहीरुलाई आकर्षक लाभांश घोषणा गरेको छ ।

हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । तेस्रो नम्बरमा देखिएको सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ ।

लाभांश घोषणा गरेका बैंकहरु मध्ये लाभांश कम दिनेमा भने कुमारी बैंक देखिएको छ । कुमारी बैंकले २.६७ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस गरी ८.६७ प्रतिशत लाभांश दिने भएको छ । उता एभरेष्ट बैंकले भने हालसम्मकै कम लाभांश दिने घोषणा गरेको छ । एभरेष्टले ४.३२ प्रतिशत र ६ प्रतिशत बोनस शेयर गरी कुल १०.३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

सि.नं. बैंकको नाम नगद लाभांश शेयर लाभांश कुल लाभांश (प्रतिशतमा)
नबिल बैंक ४.४ ३३.६ ३८
हिमालयन बैंक ४.६२ २१.३८ २६
सानिमा बैंक ०.८९ १७ १७.८९
नेपाल बैंक १४ १७
नेपाल इन्भेष्टमेन्ट बैंक ३.३९ १२.६१ १६
सिटिजन्स बैंक ३.०९ १२.९१ १६
एनआईसी एशिया बैंक ०.७९ १५ १५.७९
नेपाल बंगलादेश बैंक ३.५ १२ १५.५
सिद्धार्थ बैंक ०.७५ १४.२५ १५
१० माछापुछ्रे बैंक ०.७ १३.३ १४
११ ग्लोबल आईएमई बैंक ३.५ १० १३.५
१२ स्टाण्डर्ड चार्टर्ड बैंक ३.०६ १० १३.०६
१३ कुमारी बैंक २.६७ ८.६७
१४ बैंक अफ काठमाडौं १० १४
१५ एनएमबी बैंक  ३.३ १२.५ १५.८
१६ एभरेष्ट बैंक ४.३२ १०.३२
#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?