+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

चीनमा कम्युनिष्ट नेतामाथि टेनिस खेलाडीले लगाइन् यौन दुर्व्यवहारको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १८ गते १७:४४

१८ कात्तिक, काठमाडौं । चीनकी पूर्व टेनिस स्टार पेङ सुआईले एक कम्युनिष्ट नेतामाथि यौन दुर्व्यवहारको लगाएकी छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका भूतपूर्व प्रान्तीय नेतामाथि गम्भीर आरोप लागेपछि अधिकारीहरूले सुआईको यौन दुर्व्यवहारसम्बन्धी पोष्टमाथि प्रतिबन्ध लगाएका छन् । त्यस्तै, चिनियाँ इन्टरनेटमा हंगामा मच्चाइरहेको यो विषय उल्लेख भएका सबै पोस्ट पनि हटाएको छ ।

मंगलबार ३५ वर्षीया सुआईले पूर्व उप-प्रधानमन्त्री झाङ गाओलीमाथि जबर्जस्ती यौन सम्पर्क गरेको आरोप लगाउँदै चिनियाँ सामाजिक सञ्जाल वेइबोमा एक पोष्ट गरेकी थिइन् । तर हाल सो पोस्ट सामाजिक सञ्जालबाट हटाइएको सीएनएनले जनाएको छ ।

खुलापत्रको रुपमा लेखिएको सुआईको पोष्टमा आफू र झाङ कम्तीमा १० वर्षसम्म सम्बन्धमा रहेको उल्लेख छ । खुलापत्रमा हाल ७५ वर्षीय झाङलाई आफूले मन दिएको भन्दै उनले लेखेकी छन् – ‘तपाईंले किन मेरो घरमा फेरि आउनुभएको र आफ्नो घर लगेर मलाई यौन सम्पर्कका लागि बाध्य पार्नुभएको थियो ? हो, मसँग कुनै प्रमाण थिएन र प्रमाण सम्भव पनि थिएन ।’

‘मैले आफूलाई कतिसम्म घृणित ठानेकी थिएँ भनेर शब्दमा भन्न सक्दिनँ, न त मैले अझै पनि मान्छे हुँ भनेर कैयौं पटक आफैंलाई सोधेको कुरा भन्न सक्छु’, सुआईको पोष्टमा भनिएको छ, ‘मैले आफूलाई हिँडिरहेको जिउँदो लास ठानेकी थिएँ । हरेक दिन म खासमा को हुँ भनेर सोच्थेँ ।’

सन् २०१२ देखि २०१७ सम्म ७ सदस्यीय पोलिटब्यूरो स्थायी कमिटीमा रहेका झाङले सन् २०१८ मा उप-प्रधानमन्त्री पदबाट राजीनामा दिँदै राजनीतिबाट सन्यास लिएका थिए । ३५ वर्षीया सुआई विम्बल्डन तथा फेन्च ओपन टेनिसकी च्याम्पियन हुन् ।

यौन हिंसा तथा दुर्व्यवहारविरोधी अभियान ‘मिटु’ चीनमा समेत विस्तारै फैलिन थालेको छ । यसअघि चीनका केही वौद्धिक, एनजीओकर्मी र सेलिब्रिटीमाथि सार्वजनिक रुपमै यौन हिंसाको आरोप लागेको थियो ।

तर कम्युनिष्ट पार्टीको उपल्लो तहका वरिष्ट नेतामाथि यौन हिंसा एवं दुर्व्यवहारको आरोप लागेको यो पहिलो पटक हो । त्रासका कारण यौन दुर्व्यवहारबारे खुलेर बोल्ने साहस कमैसँग मात्रै हुने न्युयोर्कस्थित चिनियाँ महिला अधिकारकर्मी एलभी पिङको भनाइ छ ।

‘पेङ सुआईका लागि मुख खोल्ने कुरा कति महत्वपूर्ण छ भनेर हामीले महसुस गर्नुपर्छ’, पिङले भनिन्, ‘कमैसँग मात्रै यस्तो कुरा गर्ने साहस हुन्छ किनभने यसका कारण आफू र आफ्नो परिवार खतरामा पर्छ ।’

बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टीको महत्वपूर्ण बैठक बस्नुभन्दा २ दिनअगाडि राजनीतिक रुपले संवेदनशील यौन काण्ड बाहिरिएको हो । सुआईको आरोप अनलाइनमा तीव्र फैलिन थालेपछि इन्टरनेटमा ‘मिटू’माथि कडा सेन्सरसिप लगाइएको छ ।

मंगलबार बिहान पोष्ट गरिएको सुआईको पोष्ट ३० मिनेटभित्रै वेइबोबाट हटाइएको थियो । त्यस्तै, सामाजिक सञ्जालमा निकै भाइरल बनेको पोष्टको स्क्रिनसट र प्राइभेट च्याट ग्रुपसहित यौन दुर्व्यवहारको आरोपबारे बहस हुने कुनै पनि पोष्ट हटाइएको छ ।

पाँच लाखभन्दा बढी फलोअर रहेको सुआईको भेरिफाइड अकाउन्ट बुधबारसम्म वेइबोमा थियो तर हाल उनको अकाउन्ट बन्द गरिएको छ । साथै, उनको पोष्टमुनिका सबै कमेन्ट पनि नदेखिने बनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?