+
+

कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १३:५४

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका दोलखा जिल्ला सभापति बर्मा लामा जुवाखालबाट पक्राउ परेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा कांग्रेस सभापति लामासहित १८ जनालाई बिहीबार राति जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । लामा हालै जिल्ला अधिवेशनबाट सभापति निर्वाचित भएका हुन् ।

बौद्धस्थित नयाँ बस्तीबाट पक्राउ परेका उनीहरुबाट ६ लाख रुपैयाँ पनि बरामत गरिएको प्रहरीले जनाएको छ ।

जुवा खेलाउने सागर लामा भने फरार छन् । उनले आफ्नो फ्ल्याटमा जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?