+
+

विश्वभर बढ्यो महँगी, खाद्यान्न र खाने तेलको मूल्य १० वर्षकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १९:२२

१९ कात्तिक, काठमाडौं । विश्वभर अहिले पछिल्लो १० वर्षकै सबभन्दा धेरै महँगी भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकास फुड एण्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)का अनुसार पछिल्लो वर्ष विश्वभरमा खाद्य पदार्थ ३० प्रतिशत महँगो भएको छ ।

एफएओका अनुसार विश्वभर खाद्यान्न र खाने तेलको मुल्य लगातार बढेको छ । वनस्पती तेलमा अक्टोबर महिनमा मात्र १० प्रतिशत मुल्यवृद्धि भएको छ । आपूर्तिमा भएको अवरोध, फ्याक्ट्री बन्द हुनु र राजनीतिक तनाव बढेका कारण मूल्य बढेको हो ।

एफएओका अनुसार खाद्यान्नको मूल्यमा वार्षिक २२ प्रतिशत वृद्धि भइरहेको छ । क्यानडा, रुस र अमेरिका जस्ता गहुँको ठूलो उत्पादक देशमा उत्पादन कम भएका कारण एक वर्षमै गहुँको मूल्य ४० प्रतिशत बढेको छ ।

कर्टिन विजनेश स्कुलका एग्री बिजनेश विज्ञ पिटर बेट भन्छन्, ‘जलवायु परिर्वतनको कारण हामीले यो अवस्थाको सामना गर्नु परेको छ । धेरै ठाउँमा उत्पादनमै कमी आएको छ ।’

एफएओका अनुसार पाम, सोया, सूर्यमुखी तेलको मूल्य बढ्दा वनस्पती तेलको मूल्यको सूचकांक पनि बढेको छ ।

मलेसियामा पाम आयलको उत्पादनमा कमी आउनुका कारण प्रवासी श्रमिकको अभाव पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?