+
+

कालीगण्डकी नदीमा बेपत्ता युवकको गोताखोरमार्फत खोजी जारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १९ गते १९:५८

१९ कात्तिक, गुल्मी । गुल्मीमा कालिगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका युवकको शसस्त्र प्रहरी बल गुल्म गुल्मीले गोताखोर मार्फत खोजी कार्य जारी राखेको छ ।

गत कात्तिक १४ गते जिल्लाको चन्द्रको गाउँपालिका वडानम्बर–८ रुपाकोट बस्ने १९ वर्षका शंकर पौडेल नदीमा डुबेर बेपत्ता भएका थिए ।

सत्यवती गाउँपालिका वडानम्बर–१ रुद्रावेनीमा मलामी गएको बेला कालिगण्डकी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका पौडेलको स्थनीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी फेला पार्न नसकेपछि सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको हो । गोताखोर मार्फत खोजी कार्य गरिएपनि फेला पार्न नसकिएको सशस्त्र प्रहरी बल गुल्म गुल्मीका प्रहरी नायव उपरिक्षक अशोककुमार लम्साल बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?