+
+

बार्सिलोनाले खेर फाल्यो ३ गोलको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २१ गते ८:०४

२१ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगामा खराब प्रदर्शन गरिरहेको बार्सिलोनाले सेल्टाभिगोविरुद्ध तीन गोलको अग्रतासमेत खेर फालेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टाभिगोसँग तीन/तीन गोलको बराबरी खेलेको छ ।

सेल्टाभिगोको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमा तीन गोलको अग्रता लिएको थियो । उसका लागि पाँचौं मिनेटमा एन्सु फाती, १८औं मिनेटमा सर्जिओ बुस्केट र ३४औं मिनेटमा डिपेएले गोल गरेका थिए ।

तर दोस्रो हाफमा सेल्टाभिगोले तीन गोल फर्कायो । ५२औं मिनेटमा लागो आस्पासले गोल गरे भने ७४औं मिनेटमा नोलिटोले । खेलको इन्जुरी टाइमको अन्तिममा आस्पासले दोस्रो गोल गर्दै सेल्टाभिगोलाई हारबाट जोगाएका छन् ।

बराबरीसँगै बार्सिलोना १२ खेलबाट १७ अंकका साथ नवौं स्थानमा छ भने सेल्टाभिगो १२ अंकका साथ १५औं स्थानमा छ । लिग लिडर रियल मडि्रडको २७ अंक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?