
२१, कार्तिक, चितवन। चितवनमा जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
भाइटीकाको दिन राति लोथर खोला ड्याम घुम्न गएका चितवनको राप्ती नगरपालिका-१ घालनचोक बस्ने २८ वर्षीयका सागर लामासहित तीनजनालाई हात्तीले आक्रमण गरेको थियो ।
हात्तीले आक्रमण गरेपछि बेपता भएका सागरको लोथर खोला पारीपट्टि मनहरी गाउँपालिका-६ खयरघारीमा आइतबार विहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
सागरसँगै घुम्न गएका ३५ वर्षीय कृष्ण लामा सामान्य घाइते छन् भने २३ वर्षीय शक्ति गुरुङ सकुशल छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4