+
+

८ बैंकले बढाए बेस रेट, ऋणको ब्याजदर कुन बैंकमा सस्तो ?

रोयल आचार्य रोयल आचार्य
२०७८ कात्तिक २१ गते १८:१९

२१ कात्तिक, काठमाडौं । लगानी योग्य रकम (तरलता) अभावका बीच पनि बैंकहरुको बेस रेट (आधार दर) चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय प्रतिवेदन अनुसार २७ वाणिज्य बैंकहरुको औसत आधार दर ७.५२९ देखिएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७.७९३ थियो ।

बैंकले दिने कर्जाको ब्याजदर निर्धारण गर्ने प्रमुख आधार हो बेस रेट । बेस रेट सस्तो हुँदा ऋणको ब्याजदर पनि सस्तो हुन्छ । यो आधारमा सबैभन्दा ऋणको ब्याजदर सस्तो स्टाण्डर्ड चार्ट बैंकमा हुने देखिएको छ । यस अघि सबैभन्दा कम बेस रेट राष्ट्रिय वाणिज्य बैंकको देखिएकोमा अहिले कम हुनेको पहिलो नम्बरमा स्टाण्डर्ड चार्टड देखिएको छ ।

कर्जाको ब्याजदर निर्धारणमा स्पष्टसँग पहिचान गर्न सकिने तत्वहरु समावेश गरी गणना गरिएको दर नै आधार दर (बेस रेट) हो । बैंक तथा वित्तीय संस्थाहरुको कर्जाको ब्याजदर निर्धारण प्रतिष्पर्धी र पारदर्शी गराउने उद्देश्यले आर्थिक वर्ष २०६९/७० को मौद्रिक नीतिमा पहिलोपटक आधार दर प्रणाली लागु गर्ने उल्लेख गरिएको थियो ।

आधार दर २०६९ सालमै वाणिज्य बैंकमा लागु भएको थियो भने त्यसको एक वर्षपछि २०७० सालदेखि मात्रै विकास बैंक र फाइनान्स कम्पनीहरुमा लागु गरिएको थियो ।

जसमा कर्जाको जोखिम प्रिमियम अर्थात जोखिम अनुमानको दर थप गरी ब्याजदर निर्धारण गरिन्छ र यो बैंकबाट कर्जा उपभोग गर्ने ऋणीहरुमा समान रुपले लागु हुन्छ ।

तर, आधार दर कर्जाको वास्तविक ब्याजदर होइन । यो ब्याजदर निर्धारण गर्ने आधार मात्र हो । जसलाई ब्याजदरको सन्दर्भ दर पनि भन्न सकिन्छ । अर्थात बैंकहरुले आधार दरलाई सन्दर्भ दर मानेर ब्याजदर तोक्नु पर्दछ । अहिले बैंकहरुले आफ्नो बेस रेट कति छ त्यसमा केही निश्चित प्रतिशत जोडेर ब्याजदर निर्धारण गर्ने गरेका छन् ।

आम रूपमा बेस रेट घट्दा बैंकिङ कर्जाको ब्याजदर घट्छ । तर, यसमा बैंकहरुलाई खेल्ने ठाउँ पनि हुन्छ । बैंकले ग्राहक हेरेर बेस रेटमा अतिरिक्त केही प्रतिशत प्रिमियम थप्न सक्छन् ।

सरकारले ल्याएको विभिन्न किसिमका सहुलियत कर्जामा भने बेस रेटमाथि बढीमा २ प्रतिशत मात्रै प्रिमियम जोड्न पाउने व्यवस्था छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिले साना कर्जामा पनि बढीमा २ प्रतिशतमात्रै प्रिमियम जोड्न सक्ने बताएको छ ।

१ करोड माथिका कर्जामा भने बैंकहरु आफैंले प्रिमियम तोक्ने अधिकार पाएका छन् । अहिले राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ५.४१ प्रतिशत छ । यदि यस बैंकमा १ करोड मुनिको कर्जा लिन जाँदा बेस रेटमा अधिकतम २ प्रतिशत जोड्दा ७.४१ प्रतिशत कर्जाको ब्याजदर हुनेछ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ८ वटा कमर्सियल बैंकले बेस रेट बढाएका छन् । बाँकी १९ बैंकहरुको भने बेस रेट घटेको छ । बैंकमा तरलता संकट देखिँदा बैंकहरुको लागत पनि बढेको छ । यद्यपि धेरै बैंकको भने बेस रेट बढेन । एनआईशी एशिया, ग्लोबल आईएमई बैंक, मेगा बैंक लगायतका बैंकहरुको बेस रेट बढेको छ ।

हेर्नुस्, कुन बैंकको बेस रेट कति ?

सि.नं. बैंकको नाम यो वर्ष गत वर्ष
स्टाण्डर्ड चार्टर्ड बैंक ५ं.१८ ६.६१
राष्ट्रिय वाणिज्य बैंक ५.६३ ५.७४
नेपाल बैंक ५.९३ ६.८१
नविल बैंक ६.११ ६.६८
नेपाल इन्भेष्टमेन्ट बैंक ६.७७ ७.३४
एभरेष्ट बैंक ७.०० ७.०७
कृषि विकास बैंक ७.१२ ८.५३
ग्लोबल आईएमई बैंक ७.४१ ७.२५
सानिमा बैंक ७.४५ ७.७३
१० एनआईशी एशिया बैंक ७.४८ ६.५०
११ नेपाल बंगलादेश बैंक ७.५१ ९.८७
१२ सिद्धार्थ बैंक ७.५७ ८.१०
१३ लक्ष्मी बैंक ७.५७ ८.०९
१४ प्रभु बैंक ७.६३ ७.३९
१५ माछापुच्छ्रे बैंक ७.६३ ८.३१
१६ हिमालयन बैंक ७.७३ ७.१६
१७ कुमारी बैंक ७.८८ ८.४०
१८ एनएमबी बैंक ७.९६ ७.८५
१९ सेञ्चुरी कमर्सियल बैंक ८.०९ ८.६८
२० नेपाल एसबीआई बैंक ८.११ ८.३७
२१ सिटिजन बैंक इन्टरनेसनल ८.११ ८.८१
२२ नेपाल क्रेडिट एण्ड कमर्स बैंक ८.१२ ८.६३
२३ सिभिल बैंक ८.२६ ८.८८
२४ प्राइम कमर्सियल बैंक ८.२७ ८.१२
२५ सनराइज बैंक ८.४० ७.८०
२६ बैंक अफ काठमाडौं ८.५६ ७.७०
२७ मेगा बैंक ९.८१ ८.००
औसत ७.५२९ ७.७९३
लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?