+
+

बारका अध्यक्ष श्रेष्ठको प्रतिक्रिया : सबै प्रकृतिका मुद्दाको पेसी तोक्नु निभ्न लागेको बत्ती जस्तै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २३ गते ११:०४

२३ कात्तिक, काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दासहित पेसी तोक्नु निभ्न लागेको बत्ती जस्तै भएको बताएका छन् ।

प्रधानन्यायाधीस जबराले आजको पेसीमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा पेसीमा चढाउनुका साथै आफ्नै लागि पनि इजलास तोकेपछि अध्यक्ष श्रेष्ठले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘यो ठाउँबाट उहाँ हट्नुपर्छ । हट्नुहुन्छ । केही दिन निभ्न लागेको बत्ती जसरी बल्छ नि त्यही ढंगबाट गर्न खोजेको हुनसक्छ,’अध्यक्ष श्रेष्ठले भने ।

आफूहरू शान्तिपूर्ण आन्दोलनकै पक्षमा रहेको तर प्रधानन्यायाधीश जबराले भने न्यायपालिकामा विकृति अझै मौलाउन खोजेको उनको आरोप छ । ‘यो स्थितिले के देखाउँछ भने तिमीहरूले भनेर हुँदैन । मैले सिध्याउँछु भनेको हो’ उनले भने, ‘यो अवस्थामा सेवाग्राही र नागरिक समाज उत्रिन्छ । यो वस्थामा उहाँको कदम दर्दनाक बन्छ ।’

आन्दोलन सुरु भएपछि यसअघि जबराले बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै पेसी तोक्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?