२३ कात्तिक, काठमाडौं । सनराइज बैंकले हालसम्म लाभांश घोषणा गरेका बैंकहरु मध्ये सबैभन्दा कम लाभांश घोषणा गरेको छ । यस अघि कुमारी बैंकले सबैभन्दा कम अर्थात ८.६७ प्रतिशत लाभांश घोषणा गरेको थियो ।
सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ६.६५ प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
सोमबार बसेको बैंक सञ्चालक समितिका बैठकले यस्तो निर्णय गरेको हो । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जमा गराइसकेको छ ।
अब नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि साधारणसभामा उक्त प्रस्ताव पेश हुनेछ । साधारणसभाबाट पारित भएपछि कम्पनीले शेयरधनीलाई बोनस शेयर दिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4